Like us!
Follow us!
Connect us!
Watch us!

'देशलाई विकास र सुशासन चाहिएको छ'

अर्थ संसार

विहीबार, २९ माघ २०८२, १० : ०१ मा प्रकाशित

'देशलाई विकास र सुशासन चाहिएको छ'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा विकास र सुशासनको आवश्यकता रहेको उल्लेख गर्दै त्यसै उद्देश्यका साथ आफ्नो पार्टी जनतामाझ आएको बताएका छन्। बुधबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनपछि मुलुकले सक्षम र जिम्मेवार नेतृत्व पाउने विश्वास व्यक्त गरे।

सुशासनलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएको रास्वपाले यसपटक अघिल्लो निर्वाचनभन्दा बढी सिट जित्ने दाबी पनि उनले गरे। न्याय र सुशासनको माग गर्दै ज्यान गुमाएका नवयुवाहरूको सपना साकार पार्न आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले देशलाई नयाँ दिशा दिने उनको विश्वास छ। सुशासन र समृद्धि कायम गर्दै देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्न सके युवाहरूको विदेश पलायन रोक्न सकिने उनले उल्लेख गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको