Like us!
Follow us!
Connect us!
Watch us!

'मलाई अदालतले न्याय दिने विश्वास छ'

अर्थ संसार

विहीबार, २९ माघ २०८२, १३ : ५१ मा प्रकाशित

'मलाई अदालतले न्याय दिने विश्वास छ'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध लागेका आरोपबारे अदालतबाट निष्पक्ष न्याय पाइनेमा विश्वास व्यक्त गरेका छन्। बिहीबार कास्की जिल्ला अदालत,पोखरामा तारिख बुझ्न पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै हाल विभिन्न अदालतमा तारिखका लागि उपस्थित हुनुपरेको बताए । अदालत सबैका लागि न्याय दिने निकाय भएकाले कानुनी तथा अदालती प्रक्रियालाई सधैं सम्मान गर्ने उनको भनाइ थियो।

मुद्दा दर्ता भएका अदालतहरूमा आफैं उपस्थित हुनुपर्ने व्यवस्था अनुसार समय मिलाएर तालिका बनाइरहेको उनले स्पष्ट पारे। कानुनी राज्य स्थापना गर्ने उद्देश्यसहित अघि बढेकाले कानुनी प्रक्रियालाई जिम्मेवारीपूर्वक पालना गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको