Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड, क-कसले पाए सेयर ?

अर्थ संसार

मंगलबार, ०५ फागुन २०८२, १० : ०६ मा प्रकाशित

सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड, क-कसले पाए सेयर ?

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ।  धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा  बिहान ९ बजे आईपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले माघ १८ गतेदेखि माघ २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर आईपीओमा २४ लाख ५२ हजार ६०२ जनाले आवेदन दिएकोमा २४ लाख ११ हजार ९२२ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने अन्यको रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकै करण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ५७ हजार २४३ आवेदकले १० कित्ताका दरले आईपीओ पाएका छन् भने तिनैमध्ये एकजनाले थप १ कित्ता आईपीओ पाएका छन्। बाँकी सबै आवेदकको हात रित्तिएको छ। 

यसरी  हेर्नुस नतिजा

- सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

- बिक्री प्रबन्धकको वेबसाइट:https://kumaricapital.com/share-details

- मेरो  सेयरबाट: https://meroshare.cdsc.com.np/#/login

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको