नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाँका २३ करोड थान नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान गरेको छ ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सूचना प्रकाशन गर्दै नोटको डिजाइन, प्रिन्टिङ तथा आपूर्तिका लागि योग्य बोलपत्र आवेदन माग गरेको छ ।
यसअघि राष्ट्र बैंकले नयाँ नोट छपाइ, डिजाइन र आपूर्तिका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गरिसकेको थियो। उक्त सूचीमा छ वटा अन्तर्राष्ट्रिय कम्पनीलाई बोलपत्र पेश गर्न अनुमति दिइएको छ।
बैंकले चीन, बेलायत, जर्मनी, रूस, फ्रान्स र पोल्याण्डका प्रतिष्ठित छपाइ कम्पनीहरूलाई छनोट गरेको छ। इच्छुक कम्पनीहरूले २०२५ मे १४ भित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस