Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिशोधविरुद्ध एक करोड हस्ताक्षर पुग्थ्यो - दीपक बोहरा

अर्थ संसार

बुधबार, ०६ फागुन २०८२, १५ : ०७ मा प्रकाशित

प्रतिशोधविरुद्ध एक करोड हस्ताक्षर पुग्थ्यो - दीपक बोहरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले पार्टी सभापति रवि लामिछानेको समर्थनमा एक करोड हस्ताक्षर संकलन हुन सक्ने दाबी गरेका छन्।  लामिछानेमाथि लागेको सहकारी ठगीको मुद्दालाई 'राजनीतिक प्रतिशोध' को संज्ञा दिँदै रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानको सन्दर्भमा बोहराले यस्तो जिकिर गरेका हुन्।

लामिछानेका मुख्य सहयोगीसमेत रहेका उनले यदि यो अभियानलाई निर्बाध रूपमा अगाडि बढाउन पाइएको भए सभापतिको पक्षमा जनसागर उर्लिने र करोड बढी हस्ताक्षर जुट्ने विश्वास व्यक्त गरे।

धनगढीमा आयोजित रास्वपाको चुनावी सभामा बोल्दै बोहराले भने,‘मेरो नेतृत्वमा भएको हो हस्ताक्षर क्याम्पेन, जसमा ४० लाख मानिसले हस्ताक्षर गरे । हस्ताक्षर अभियानमा पूर्वन्यायाधीशदेखि प्रहरी, सेना, बुद्धिजीवी सबैले हस्ताक्षर गरेको उनले बताए । हस्ताक्षर अभियान जारी नै थियो । म जानै भएको थिएन, डिजिटल क्याम्पेन गर्नै पाएको थिएन । घरघर जानै पाएको थिएन । ४० लाख पुगेको थियो, त्यो करोडमाथि पुग्थ्यो । आफूले २०८४ कुरेको र जनताको घरघरमा पुगेर देखाइदिनेमा आफूहरूले सोचेको उनले बताए । तर, जनताले २०८२ मै देखाइदिए ।'

बोहरा कञ्चनपुर-२ मा रास्वपाबाट उम्मेदवार छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको