Like us!
Follow us!
Connect us!
Watch us!

भोट माग्न होइन काम माग्न आएको हो, काम दिनुस् -  बालेन शाह

अर्थ संसार

बुधबार, ०६ फागुन २०८२, १६ : ४७ मा प्रकाशित

भोट माग्न होइन काम माग्न आएको हो, काम दिनुस् -  बालेन शाह

रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने बताए ।

‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है ?’, बालेनले भने । 

आफूहरूलाई भोट नदिए पनि सुदूरपश्चिम भने बनाउने उनले बताए  ।

‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ । हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ, काम दिनुस्,’ उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको