Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सको १२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १० फागुन २०८२, ०८ : ३४ मा प्रकाशित

गोर्खाज फाइनान्सको १२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १२ हजार ३७ कित्ता संस्थापक सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखेको हो । 

कम्पनीले संस्थापक सेयरधनी पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र वीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा हाल कायम संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर खरीद गर्नका लागि निवेदन दिन सक्नेछन् ।

सो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित चारखालरोडमा रहेको कम्पनीको मुख्य कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ । साथै तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट लिखित जानकारी प्राप्त हुन नआएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको