Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

अर्थ संसार

सोमबार, ११ फागुन २०८२, २१ : ०१ मा प्रकाशित

एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

 एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बारास्थित होटल क्लासिक सिमरामा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिबाट प्रस्तावित ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरेको गत आवको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित गत आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धी संलग्न अनुसूचिहरू माथि छलफल गरी पारित भएको छ । चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित भएको हो।

त्यसैगरी बोनस शेयर वितरण पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृति दिने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको प्रबन्धपत्रमा समयानुकूल उद्देश्य थप तथा संशोधन गर्ने र आवश्यकता अनुसार कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित भएको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २९ गते एक दिनका लागि शेयर दाखिल खारेज बन्द गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको