शिखर पावर डेभलपमेन्टको आइपीओमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओ भर्ने शुक्रबार अन्तिम दिन हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोष र ४४ हजार ४०० कित्ता आफ्ना कर्मचारीलाई छुट्याएर १०० रुपैयाँ अंकित दरका बाँकी १८ लाख ४२ हजार ६०० कित्ता सेयरसर्वसाधारणका लागि जारी गर्नेछ।
यो आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस