प्रतिनिधिसभा निर्वाचनको मतगणनाको प्रारम्भिक चरणमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता देखाएको छ।
मध्यरातबाट सुरु भएको मतगणनाको बिहान करिब ९ बजेसम्म प्राप्त विवरण अनुसार रास्वपा कम्तीमा ४२ निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेको देखिएको छ। पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहसहितका उम्मेदवारहरू विभिन्न क्षेत्रमा अघि रहेको प्रारम्भिक परिणामले देखाएको छ।
जारी मतगणनामा नेकपा एमालेले ५, नेपाली कांग्रेसले ५ र नेकपाले १ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीले पनि एक क्षेत्रमा अघि रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ। हाल मतगणना भइरहेका धेरैजसो क्षेत्र काठमाडौँ उपत्यका, तराई तथा अन्य सहरी क्षेत्रका छन्। पहाडी र हिमाली जिल्लाका अधिकांश स्थानमा भने आज बिहानदेखि मतगणना सुरु हुने तयारी गरिएको छ।
प्रारम्भिक नतिजामा रास्वपाले अग्रता लिएका धेरै क्षेत्रमा मतान्तर उल्लेख्य देखिएको छ भने अन्य दलहरू केही क्षेत्रमा झिनो मतान्तरले अघि देखिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस