Like us!
Follow us!
Connect us!
Watch us!

इंग्ल्यान्डलाई हराउँदै भारत टी-२० विश्वकपको फाइनलमा

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, ११ : १२ मा प्रकाशित

इंग्ल्यान्डलाई हराउँदै भारत टी-२० विश्वकपको फाइनलमा

 इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारत जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। भारतले दिएको २५४ रनको लक्ष्य पछाएको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २४६ रन बनाएको हो।

इंग्ल्यान्डका लागि ज्याकब बेथेलले १०५ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै विल ज्याकले ३५ रन बनाए भने जोस बटलरले २५ रन बनाएका थिए। त्यस्तै जोफ्रा आर्चरले अविजित १९ रन बनाएका थिए।

त्यस्तै भारतीय बलर हार्दिक पाण्डेयले २ विकेट लिए भने अर्शदीप सिंह, जसप्रित सिंह, वरुण चक्रवर्ती र अक्सर पटेलले एक एक विकेट लिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो।

भारतका लागि सन्जु सामसनले ८९ रन बनाए भने शिभम दुवेले ४३, इशान किसनले ३९, हार्दिक पाण्डेयले २७ र तिलक बर्माले २१ रन बनाएका थिए। त्यस्तै इङल्याण्डका बलर विल ज्याक र आदील रशिदले २-२ विकेट लिएका थिए।

योसँगै भारत लगातार दोस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ। डिफेन्डिङ च्याम्पियन रहेको भारतले अब फाइनलमा आइतबार न्यूजील्याण्डसँग खेल्ने छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको