काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पन्न प्रतिनिधि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्।
निर्वाचन अधिकृतका अनुसार पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त गर्दै निर्वाचनमा सफलता हासिल गरेका हुन्।
उनका प्रमुख प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्। प्राप्त मत परिणामका आधारमा पाण्डेले घिसिङलाई ७ हजार ५८६ मतको अन्तरले पछि पार्दै जित हासिल गरेका हुन्।
काठमाडौँ–३ मा भएको यस प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको थियो। मतगणनाको सुरुदेखि नै पाण्डे अग्रतामा रहँदै आएका थिए र अन्ततः सोही अग्रता कायम राख्दै निर्वाचित हुन सफल भएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस