Like us!
Follow us!
Connect us!
Watch us!

प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा लहर - ७७ ठाउँमा सबैभन्दा अगाडि

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, १३ : ४८ मा प्रकाशित

प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा लहर - ७७ ठाउँमा सबैभन्दा अगाडि

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महत्वपूर्ण अग्रता कायम गरेको छ। प्रारम्भिक परिणामहरूले नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको प्रभाव अझ प्रष्ट देखाएको छ।

हालसम्मको तथ्यांक अनुसार रास्वपाले ७७ स्थानमा अग्रता लिएको छ र १ स्थानमा आफ्नो जित सुनिश्चित गरेको छ। अन्य प्रमुख दलहरू भने यसबेला तुलनात्मक रूपमा पछाडि देखिएका छन्। पछिल्ला विवरणअनुसार नेपाली कांग्रेसले १ क्षेत्रमा जित निकाल्दा ९ क्षेत्रमा अग्रता बनाएको छ। नेकपा एमाले ६ स्थानमा अग्रता बनाएको छ। 

त्यस्तै, नेकपा ७ स्थानमा अग्रता कायम गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ स्थानमा अग्रता कायम गरेको देखिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको