Like us!
Follow us!
Connect us!
Watch us!

अमरेश सिंहभन्दा ४७१ मतले पछाडि परे गगन थापा

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, १५ : १६ मा प्रकाशित

अमरेश सिंहभन्दा ४७१ मतले पछाडि  परे गगन थापा

सर्लाही–४ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहभन्दा ४७१ मतले पछाडि परेका छन्।

हालसम्मको गणनामा सिंहले १ हजार २३९ मत प्राप्त गरेका छन् भने थापाले ७६८ मत पाएका छन्। त्यस्तै जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले २५० मत ल्याएका छन्।

यसैगरी एमालेका उम्मेदवार अमनिश कुमार यादवले १९९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. रजनिश रायले १८ मत पाएका छन्। जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामेश्वर राय यादवले २ मत प्राप्त गरेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको