काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीप गरेको छ । उपत्यकाभित्रका ३ जिल्लाका १५ सिटमा रास्वपाले क्लिन स्वीप गरेको हो । काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ वटै क्षेत्रमा यो पटक घण्टी बजेको छ।
काठमाडौं क्षेत्र नम्बर १ बाट रञ्जु दर्शना, २ बाट सुनिल केसी, र ३ बाट राजुनाथ पाण्डे विजयी हुनुभएको छ। यस्तै क्षेत्र नम्बर ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रताप विष्ट निर्वाचित भएका छन्।
भक्तपुर क्षेत्र नम्बर १ मा रूकेश रञ्जित र क्षेत्र नम्बर २ मा राजीव खत्री विजयी भएका छन्।
त्यस्तै ललितपुर क्षेत्र नम्बर १ मा बुद्धरत्न महर्जन, २ मा जगदिश खरेल र ३ मा डा.तोसिमा कार्कीले भारी मतान्तरले विजयी भएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस