Like us!
Follow us!
Connect us!
Watch us!

टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्याण्डलाई २५६ रनको लक्ष्य, तीन अर्धसतक

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, २१ : १८ मा प्रकाशित

टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्याण्डलाई २५६ रनको लक्ष्य, तीन अर्धसतक

टी–२० विश्वकपको फाइनमा भारतले न्यूजिल्याण्डलाई जितका लागि २५६ रनको विशाल लक्ष्य दिएको छ ।अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा साविक विजेता समेत रहेको भारतले निर्धारीत ओभरमा ५ विकेट गुमाएर २५५ रन बनाए पछि न्यूजिल्याण्डले २५६ रनको लक्ष्य पाएको हो । 

भारतका लागि तीन जना खेलाडीले अर्धसतक प्रहार गरे । उसका सन्जु सामसन, अभिषेक शर्मा र इशान किशनले अर्धसतक बनाए । सामसनले टोलिका लागि सर्ववधिक ८९ रनको विष्फोटक पारी खेले । उनले ४६ बल खेलेका उनले ५ चौका ८ छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर अभिषेक शर्माले २१ बलमा ५२ बनाए भने इशान किशनले २५ बलमा ५४ रनको योगदान दिए । अन्तिम ओभरमा शिवम दुबेले विष्फोटक ब्याटिङ गर्दै भारतको स्कोर २५० माथि पुर्याए । उनी ८ बलमा २६ रनमा अविजित रहे ।
बलिङतर्फ न्यूजिल्यान्डका जिम्मी निशमले तीन तथा रचिन रवीन्द्र र म्याट हेनरीले एक–एक विकेट लिए । न्यूजिल्याण्डले केही बेरमा जबाफि ब्याटिङ गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको