रास्वपाका वरिष्ठ नेता बालेन साहले झापा–५ बाट निर्वाचित भएपछि आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
बालेनले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ भएको उल्लेख गरेका छन् ।
विवरण अनुसार सवारी साधन भाडा २ लाख ९३ हजार ५००, हवाइ भाडा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रमका लागि खाना खर्च २९ हजार ३९०, वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७० र प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार खर्च भएको उल्लेख छ।
सबैभन्दा कम मनोनयनका लागि १० हजार खर्च भएको पनि देखाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस