Like us!
Follow us!
Connect us!
Watch us!

रविले बुझाए चुनावमा ९ लाख ८९ हजार खर्च भएको विवरण, कुन शीर्षकमा कति ?

अर्थ संसार

बुधबार, २७ फागुन २०८२, १० : २३ मा प्रकाशित

रविले बुझाए चुनावमा ९ लाख ८९ हजार खर्च भएको विवरण, कुन शीर्षकमा कति ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्च विवरण बुझाएका हुन् ।

उनले चुनावमा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको जनाएका छन् । उनले उम्मेदवारी दर्तामा १० हजार रुपैयाँ, नमूना मतपत्र छपाइमा ६८ हजार १ सय ६१ रुपैयाँ र यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको जनाएका छन् ।

यस्तै, मतदाता प्रशिक्षणमा खाजा खर्च १४ हजार २ सय रुपैयाँ, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार, प्रचार सामग्री खरिदमा १ लाख १२ हजार रुपैयाँ, ब्यानर स्टिरकमा ५५ हजार रुपैयाँ र खाद्यान्न खरिदमा १ लाख ९६ हजार रुपैयाँ खर्च भएको निर्वाचन आयोगलाई बुझाएको विवरणमा लेखेका छन् ।

यस्तै, हवाई खर्च १३ हजार ६ सय २६ रुपैयाँ र गोष्ठी भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको