वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको हो ।
फागुन महिनामा ४.५६ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, चैतमा घटेर ४.४९ प्रतिशत विन्दुमा झरेको छ । यस्तो निक्षेपमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.०७ प्रतिशतविन्दु घटेको हो ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ६ बैंकहरुले ब्याजदर घटाउँदा औषत ब्याजदर घट्न पुगेको हो । १४ वाणिज्य बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन् ।
त्यस्तै, बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.०३ प्रतिशतविन्दुले घटाएका छन् । चैत महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा नेपाल बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशतविन्दुले घटाएको हो । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि चैत महिनाका लागि ब्याजदर घटाएका हुन् ।
नेपाल बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दतिमा ४.५ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनामा ५.१ प्रतिशत रहेको थियो । त्यस्तै । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैत महिनाका लागि ४.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि यो बैंकको यस्तो ब्याजदर ४.२५ प्रतिशत रहेको थियो । त्यस्तै चैत महिनाका लागि कुमारी बैंकको ब्यजदर ४.१२ प्रतिशत निर्धारण गरेको छ । फागुन महिनामा यस्तो ब्याजदर ४.४३ प्रतिशत रहेको थियो ।
चैत महिनाका लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दतिको ब्याजदर ४.१५ प्रतिशत कायम गरेको छ । फागुन महिनामा यस्तो मुद्दतिको ब्याजदर ४.२५ प्रतिशत रहेको थियो । त्यस्तै प्राइम बैंकले चैत महिनाका लागि ४.१५ प्रतिशत ब्याजदर घोषणा गरेको छ । फागुन महिनामा यस्तो ब्याजदर ४.२५ प्रतिशत रहेको थियो । त्यस्तै ग्लोबल आईएमई बैंकले चैत महिनाका लागि ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा यो बैंकको यस्तो ब्याजदर ४.७५ प्रतिशत रहेको थियो ।
त्यस्तै चैत महिनाका लागि नेपाल एसबिआई बैंकले ४.२५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । फागुन महिनामा पनि यो बैंकले सोही दरमा व्यक्तिगत मुद्दतिमा ब्याज दिएको थियो । त्यस्तै एभरेष्ट बैंकको चैत महिनाका लागि ४.२५ प्रतिशत, सिद्धार्थ बैंकको ४.२५ प्रतिशत रहेको छ । यी बैंकको पनि फागुन महिनामा सोही दरको ब्याजदर रहेको थियो ।
त्यस्तै चैत महिनाका लागि माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइनज बैंक, सानीमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ब्याजदर चैत महिनाका लागि ४.५ प्रतिशत निर्धारण गरिएको छ । यी बैंकको फागुन महिनामा पनि व्यक्तिगत मुद्दतिमा सोही दरको ब्याजदर तोकेका थिए । त्यसैगरी चैत महिनामा प्रभु बैंक र नबिल बैंकले ब्याजदर ४.५५ प्रतिशत तोकेका छन् । फागुन महिनामा पनि यी दुइ वटा बैंकको ब्याजदर सोही दरमा थियो । त्यस्तै चैत महिनाका लागि हिमालय बैंक, राष्ट्रि वाणिज्य बैंक, एनआइसी एशिया बैंक र एनएमबी बैंकले व्यक्तिगत मुद्दतिमा ५ प्रतिशत ब्याजदर तोकेका छन् । फागुन महिनामा पनि यी बैंकहरुको व्यक्तिगत मुद्दतिको ब्याजदर ५ प्रतिशत नै रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस