सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको रिक्त स्थानमा अर्याललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
नेपालको संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनयन हुने एक सदस्यको पद केही समयदेखि खाली रहेको थियो। सोही स्थानमा नियुक्तिका लागि सरकारको तर्फबाट अर्यालको नाम अघि बढाइएको हो।
मन्त्रिपरिषद्ले गरेको सिफारिसपछि संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले औपचारिक रूपमा मनोनयन गरेपछि अर्याल राष्ट्रिय सभा सदस्य बन्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस