Like us!
Follow us!
Connect us!
Watch us!

निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सरकार दृढताका साथ लागेको छ - गृहमन्त्री

अर्थ संसार

बुधबार, १६ पुस २०८२, ११ : २६ मा प्रकाशित

निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सरकार दृढताका साथ लागेको छ - गृहमन्त्री

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रित रहेको बताएका हुन् ।

‘निर्वाचन लोकतन्त्रको अभिन्न प्रक्रिया हो। निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुन्छ र देश थप अस्थिरतातर्फ धकेलिन सक्छ। त्यसैले सुशासन चाहने हो भने आवधिक निर्वाचनको विकल्प छैन’, उनले भने । ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ काम गर्न सक्ने भएकोले सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ ।

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी अघि बढाएको जानकारी दिए । सुरक्षा गोष्ठी पनि निर्वाचनकै तयारी भएको उनको भनाइ छ । ‘निर्वाचनको कार्यतालिका सार्वजनिक भई सोही बमोजिम तयारी भइरहेको छ। समानुपातिक निर्वाचनतर्फको नामावली निर्वाचन आयोगमा दर्ता भइसकेको छ’, गृहमन्त्री अर्यालले भने, ‘निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सरकार दृढताका साथ लागेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको