Like us!
Follow us!
Connect us!
Watch us!

रविको मुद्दासम्बन्धी रिट हेर्दाहेर्दैमा

अर्थ संसार

आइतबार, ०१ चैत्र २०८२, १७ : ३८ मा प्रकाशित

रविको मुद्दासम्बन्धी रिट हेर्दाहेर्दैमा

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा बहस नसकिएपछि सर्वोच्च अदालतले आज ‘हेर्दाहेर्दैमा’ राखेको छ।

लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ भइरहेको हो। न्यायाधीश सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो। दिनभरि बहस हुँदा पनि निष्कर्षमा नपुगेपछि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको हो।

अब बहसले भोलि निरन्तरता पाउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको