रवि लामिछानेले पूर्वसभामुख देवराज घिमिरेको कार्यकालप्रति टिप्पणी गरेका छन्। झापा–२ मा आयोजित कार्यक्रममा बोल्दै उनले घिमिरे सभामुख हुँदा ‘बा’ को आदेश मानेर जनताको आवाज उठाउने क्रममा आफ्नो माइक काटिएको आरोप लगाए।
लामिछानेले संसद्मा स्वतन्त्र रूपमा बोल्न नदिइएको दाबी गर्दै त्यसबेला जनताको मुद्दा उठाउन खोज्दा अवरोध सिर्जना गरिएको बताएका छन्।\
उनले भने, ‘मलाई थाहा छैन, पूर्वसभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ । हामीले जनताको पक्षमा बोल्दा, नेपाली जनतालाई भिजिट भिसामा लाखौँ रूपैयाँ ठग्नेलाई कारबाही गर, आयोग बनाऊ, समिति बनाऊ भन्यौँ । हामीले जनताको आवाज बोल्यौँ । तर, कुन मुखले भोट माग्दै हुनुहुन्छ सभामुख, त्यो माइक काटिदिनुभयो । मैले रास्वपालाई गर्नुभएको व्यवहारको कुराकानी गरेको होइन । हामीले नेपाली जनताको आवाज उठाएका थियौँ । नेपाली जनता प्रत्येक दिन एयरपोर्टमा बेचिँदै थिए ।’
भिजिट भिसाको छानबिन गर्न माग गर्दै रास्वपाका २१ जना सांसदलाई घाँटी न्याँकेर निकालेको जिकिर गरे । उनले सदनमा आफूहरूप्रति गरेको व्यवहारको जनताले जवाफ दिँदै पूर्वउपसभामुख इन्दिरा राना मगरलाई जिताउन आह्वान गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस