मध्यपूर्वमा बढ्दो युद्धको तनावका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै सबै उडानहरू अस्थायी रूपमा निलम्बित गरिएको अधिकारीहरूले जनाएका छन्।
विमानस्थल नजिकै लागेको आगो नियन्त्रण गर्न कठिन भइरहेको अवस्थामा सबै उडानहरू रद्द गरिएको हो। अमेरिकाले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धका कारण मध्यपूर्वका ती देशहरू बढी प्रभावित भएका छन्, जहाँबाट विश्वभरका हवाई उडानहरू ट्रान्जिट हुने गर्छन्। संसारकै व्यस्त विमानस्थलहरूमध्ये एक दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा हजारौँ उडानहरू र लाखौँ यात्रु प्रभावित भएका छन्। सन् २०२५ मा मात्रै यस विमानस्थलबाट करिब ९ करोड यात्रुले यात्रा गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस