Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीगत खर्च बढाउनेतर्फ चाहेर पनि ध्यान दिन पाइनँ - अर्थमन्त्री

अर्थ संसार

मंगलबार, २७ माघ २०८२, १४ : ०५ मा प्रकाशित

पूँजीगत खर्च बढाउनेतर्फ चाहेर पनि ध्यान दिन पाइनँ  - अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनालले अहिले पूँजीगत खर्च बढाउन ध्यान दिन नसकेको बताएका छन्।

मंगलबार भएको चालु बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले सरकारको प्राथमिकता यसबीचमा निर्वाचन भएकोले आफू र अन्य विकास मन्त्रालयका मन्त्रीहरूको ध्यान मुख्यतया त्यसतर्फ सर्न पुगेको बताए। त्यसै कारण पूँजीगत खर्च वृद्धि गर्न पर्याप्त ध्यान दिन नसकेको अर्थमन्त्री खनालले स्वीकारे।

उनका अनुसार, निर्वाचन वातावरण निर्माण गर्न अधिकतम संवाद र त्यसमा केन्द्रित हुनु आवश्यक भएकाले विकास र निर्माण कार्यमा ध्यान दिन कठिन भएको हो। चालु आर्थिक वर्ष २०८२/८३ मा पूँजीगत बजेट खर्च कम देखिएको छ भने संघीय सञ्चित कोष हाल करिब १ खर्ब ३० अर्ब रुपैयाँ घाटामा रहेको उनले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको