Like us!
Follow us!
Connect us!
Watch us!

इरान–अमेरिका युद्ध: ट्रम्प प्रशासनले मध्यपूर्वमा थप सैनिक पठाउने तयारी

अर्थ संसार

विहीबार, ०५ चैत्र २०८२, १४ : २४ मा प्रकाशित

इरान–अमेरिका युद्ध: ट्रम्प प्रशासनले मध्यपूर्वमा थप सैनिक पठाउने तयारी

इरान र अमेरिका–इजरायलबीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा, राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मध्यपूर्वमा हजारौँ थप अमेरिकी सैनिक पठाउने विषयमा गम्भीर छलफल सुरु गरेको छ।

‘अपरेसन एपिक फ्युरी’ लाई अझ बलियो बनाउन र इरानको रणनीतिक क्षेत्रमा नियन्त्रण कायम गर्न ह्वाइट हाउसले ‘ग्राउण्ड फोर्स’ पठाउने विकल्पमा विचार गरिरहेको छ।

मुख्य उद्देश्य इरानको तेल निर्यातको ९० प्रतिशत हुने खार्ग टापु कब्जामा लिनु र स्ट्रेट अफ हर्मुज बाट तेल ट्याङ्करहरूको सुरक्षालाई सुनिश्चित गर्नु हो। सैन्य विशेषज्ञहरू भन्छन्, खार्ग टापु ध्वस्त गर्नु भन्दा कब्जा गर्नु आर्थिक र रणनीतिक दृष्टिले लाभदायक छ, तर जोखिम पनि उच्च छ।

अमेरिकी विशेष दस्ता इरानको उच्च संवर्धित युरेनियम भण्डारलाई सुरक्षित गर्ने विषयमा पनि छलफलमा छन्।

फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा अमेरिकाले ७ हजार ८ सय भन्दा बढी हवाई आक्रमण गरिसकेको छ। यस क्रममा १२० भन्दा बढी इरानी जलसेनाका जहाजहरू ध्वस्त भएका छन्। युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु र करिब २०० घाइते भएका छन्।

राष्ट्रपति ट्रम्पले चुनावी वचन अनुसार अमेरिकालाई विदेशी युद्धबाट टाढा राख्ने बताएका थिए, तर इरानको ब्यालिस्टिक मिसाइल र आणविक क्षमतालाई कमजोर पार्न ‘बुट्स अन द ग्राउन्ड’ विकल्प पूर्ण रूपमा अस्वीकार गरेका छैनन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको