Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा २ प्रतिशत बढीको वृद्धि, २१ अर्ब माथिको कारोबार

अर्थ संसार

विहीबार, ०५ चैत्र २०८२, १५ : ०० मा प्रकाशित

सेयर बजारमा २ प्रतिशत बढीको वृद्धि, २१ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा २.२९ प्रतिशतले धेरै हो । 

आज सेयर बजारमा २४० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । आज २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ११.६२ अंकले बढेर ४९४.१९ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये सबैको सेयर मूल्यमा हरियाली छाएको छ । 

आज परिसूचकसँगै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । आज सेयर बजारमा ३४२ कम्पनीका ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर १ लाख ९१ हजार २५१ पटक खरिद बिक्री हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ रुपैयाँको कारोबार भएको छ । बिहीबार सेयर बजारमा ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको