Like us!
Follow us!
Connect us!
Watch us!

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा, बैशाखमा बोलायो साधारसभा

अर्थ संसार

विहीबार, १२ चैत्र २०८२, ११ : १० मा प्रकाशित

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा, बैशाखमा बोलायो साधारसभा

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले २०८३ बैशाख ७ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा घोराही उपमहानगरपालिका १५, दाङमा बिहान ११ बजे शुरु हुनेछ। लाभांश प्रस्तावका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको