Like us!
Follow us!
Connect us!
Watch us!

आईपीएल क्रिकेट : राजस्थानको दमदार सुरुआत, चेन्नई ८ विकेटले पराजित

अर्थ संसार

मंगलबार, १७ चैत्र २०८२, ०७ : १३ मा प्रकाशित

आईपीएल क्रिकेट : राजस्थानको दमदार सुरुआत, चेन्नई ८ विकेटले पराजित

चेन्नई सुपर किङ्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुआत गरेको छ । सोमबार सम्पन्न खेलमा राजस्थान ८ विकेटले विजयी भएको हो। चेन्नईले दिएको १२८ रनको लक्ष्य १२.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

राजस्थानका वैभव सूर्यवंशीले सर्वाधिक ५२ रन बनाए। १७ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे । यशस्वी जैशवालले ३६ बलमा ३ चौका र १ छक्कासहित ३८ रनको योगदान दिए। यी दुईबीच पहिलो विकेटका लागि ७५ रनको साझेदारी भएको थियो। धुर्व जिरेल १८ रनमा आउट हुँदा कप्तान रियान पराग १४ रनमा अविजित रहे। चेन्नईका अंशुल कम्बोजले २ विकेट लिए।
त्यसअघि गुवाहाटीको बरसापारा स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो।

महेन्द्रसिंह धोनी अनुपस्थित खेलमा चेन्नईका जेमी ओभरटन सर्वाधिक स्कोरर बने। उनले ४३ रन बनाए। डेब्यू खेल खेलिरहेका कार्तिक शर्माले १८ रन बनाए भने ‘इम्प्याक्ट प्लेयर’का रूपमा मैदानमा उत्रिएका सरफराज खानले १७ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले १० रनको अंक पार गर्न सकेनन्।

राजस्थानका लागि १७ वर्षपछि आईपीएल खेलिरहेका रविन्द्र जडेजाले २ विकेट लिए। जोफ्रा आर्चर र नान्द्रे बर्गरले पनि समान २–२ विकेट लिए। सन्दीप शर्मा, रवि बिश्नोई र डेब्यू खेलिरहेका बृजेश शर्माले १–१ विकेट लिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको