Like us!
Follow us!
Connect us!
Watch us!

पञ्जाब किङ्सको विजयी सुरुआत, गुजरात ३ विकेटले पराजित

अर्थ संसार

बुधबार, १८ चैत्र २०८२, ०७ : २१ मा प्रकाशित

पञ्जाब किङ्सको विजयी सुरुआत, गुजरात ३ विकेटले पराजित

गत संस्करणको उपविजेता पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको हो । 

गुजरातले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । जवाफमा डेब्यु खेल खेलेका कोनोलीले शानदार अविजित अर्धशतक प्रहार गरेपछि पञ्जाबले १९.१ ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको हो ।

पञ्जाबको अवस्था एक समय निकै कमजोर बनेको थियो । तर, कोनोलीले एक छेउ सम्हाल्दै टोलीलाई जित दिलाए । उनी ४४ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ७२ रनमा अविजित रहे । प्रभसिमरन सिंहले ३७ रनको योगदान दिए । गुजरातका लागि प्रसिद्ध कृष्णाले तीन विकेट लिए भने कागिसो रबाडा, अशोक शर्मा, राशिद खान र वाशिंगटन सुन्दरले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पञ्जाबले गुजरातलाई पहिले ब्याटिङको निम्ता दिएको थियो । गुजरातले राम्रो सुरुआत गरे पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेन । कप्तान शुभमन गिलले २७ बलमा ३९ रन र जोस बटलरले ३३ बलमा ३८ रन बनाए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको