नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नयाँ सरकारले पोलिसिमा सहजता ल्याउनु पर्ने बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा उनले पोलिसिमा हुने झनझटलाई अन्त्य गर्नु पर्ने बताएका हुन् ।
देश चल्नका लागि सामान्य सुधार मात्रै गरियो भने पनि ऋण लिनु पर्ने अवस्थाको अन्त्य हुने उनी बताउँछन् । ‘धेरै ठूलो विकासमा फड्को मार्ने हो भने त ऋण लिनु पर्छ । अन्य देशहरुले पनि लिन्छन् । होइन भने हामीहरुले ऋण नलिएर पनि देशलाई अघि बढाउन सकिन्छ,’ उनले भने । नयाँ सरकारसँग पनि निजी क्षेत्र हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउँदै अहिले नयाँ आशाको किरण देखिएको उनको भनाइ छ ।
कृषि र पर्यटनमा ध्यान दिन सकियो भने मात्रै पनि देशले कायापलट हुने उनको भनाइ छ । १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिने होइन । हाम्रो जनसंख्या बराबरको पर्यटक नेपाल भित्र्याउनु पर्छ,’ उनले भने । देशको विकास गर्नका लागि सबै मिलेर अघि बढ्नु पर्ने उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस