Like us!
Follow us!
Connect us!
Watch us!

आईपीएल क्रिकेट : गुजरातमाथि राजस्थानको रोमाञ्चक जित

अर्थ संसार

आइतबार, २२ चैत्र २०८२, ०७ : ४१ मा प्रकाशित

आईपीएल क्रिकेट : गुजरातमाथि राजस्थानको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्स माथि रोमाञ्चक चित निकालेको छ । राजस्थालने गुजरातलाई ६ रनले पराजित गरेको हो । 

जितका लागि २११ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारीत ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्रै बनाउन सक्यो । उसका लागि साई सुदर्शनले सार्वधिक ७३ रनको योगदान दिए । त्यस्तै जस बटलरले २६ रनको योगदान दिए । त्यस्तै राशिद खानले २३ रन बनाए भने कागिसो रबाडाले २३ रनको योगदान दिए । गुजरातलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा राजस्थानका रवि विश्नोइले सार्वधिक ४ विकेट लिए । त्यस्तै तुसारदेव पाण्डे, रियान पराग र नान्द्रे बगेरले एक एक विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । उसका लागि ध्रुवव जेरेलले सार्ववधिक ७५ रनको योगदान दिए । त्यस्तै यशस्वी जैसवालले पनि ५५ रनको पारी खेले । त्यस्तै वैभव सूर्यवंशीले पनि टोलिका लागि ३१ रनको योगदान दिए । 

बलिङ तर्फ गुजरातका लागि कागिसो रवाडाले २ विकेट लिए । त्यस्तै मोहमद सिराज, अशोक शर्मा, प्रसिद्धा कृष्णा र राशिद खानले सामान १/१ विकेट लिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको