Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको ९ लाख ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, २६ चैत्र २०८२, ०८ : ११ मा प्रकाशित

सिद्धार्थ बैंकको ९ लाख ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंक लिमिटेडले करिब १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले दुई जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ९ लाख ९४ हजार १६४ कित्ता सेयर बिक्रीमा राखेको हो । 

बैंकले ३५ दिनभित्र इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आह्वान गरेको हो । यसअनुसार बिक्रीमा राखिएका सेयरमध्ये जगदीश कुमार अग्रवालको नाममा रहेको ५ लाख ४४ हजार १६४ कित्ता र सुबोध कुमार केडियाको नाममा रहेको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर रहेका छन् ।

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कार्यालय समयमा काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले खरीद गर्न चाहेको सेयर संख्यासहित आवश्यक कागजात संलग्न गरी लिखित आवेदन दिनु पर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापकबाट पर्याप्त आवेदन नपरेमा वा सम्पूर्ण सेयरका लागि माग नआएमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई उक्त संस्थापक सेयर बिक्री गर्न प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको