प्रहरीले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परिवारको जिम्मा लगाएर छाडेको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई जिल्ला प्रहरी परिसर काठमाडौँले हाजिरी जमानीमा रिहा गरेको जानकारी दिएको हो।
जेन्जी आन्दोलनको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो। यद्यपि, प्रहरीले उनीहरूविरुद्ध मुद्दा चलाउन पर्याप्त आधार र प्रमाण नभेटिएकाले रिहा गर्ने निर्णय गरेको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस