Like us!
Follow us!
Connect us!
Watch us!

१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, तिललाई पहाड बनाइरहनुपर्दैन, भोलि पनि हुने त्यही हो - प्रधानमन्त्री ओली

अर्थ संसार

विहीबार, १४ चैत्र २०८१, १३ : ४६ मा प्रकाशित

१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्,  तिललाई पहाड बनाइरहनुपर्दैन, भोलि पनि हुने त्यही हो -  प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि काठमाडौंमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी बताएका छन् ।

आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले तिललाई पहाड बनाउने काम भएको टिप्पणी गरे । ओलीले दैनिक १०–१५ हजार मान्छे उपस्थित भएको जुलुस निस्किरहेको भन्दै भोलि पनि त्यही हुने बताए ।

’ प्रधानमन्त्री ओलीले भने, ‘१० १५ हजारका जुलुस नेपालमा निस्किएको निस्किएकै छन् । तिललाई पहाड बनाइरहनुपर्दैन,एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ । एउटा कोटेश्वरमा सभा हुन्छ । यो सभा सधैं हुने गरेकै छ, भोलि पनि हुने त्यति नै हो । के-के न हुन्छ भनेर एउटा त्रास छ । त्यस्तो केही होइन । यस्ता कुराबाट वास्ता नगरेर हाम्रो विकासका काममा अघि बढ्नुपर्छ।'

भोलि (चैत १५) समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछन् भने राजावादी समूहले काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको