Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनवीच भेटवार्ता

अर्थ संसार

मंगलबार, १७ भदौ २०८२, १० : ०८ मा प्रकाशित

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनवीच भेटवार्ता

एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो ।

वार्तामा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी समयका लागि सम्बन्ध विस्तारको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल र रुसबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल–रुस सीधा हवाई उडान सञ्चालन गर्ने र आपसी सम्बन्ध अझ सुदृढ बनाउने विषय उठाएका थिए। जवाफमा राष्ट्रपति पुटिनले तत्काल ठोस जवाफ नदिए पनि दुई देशबीचको दौत्य सम्बन्ध स्मरण गराएका छन्। उनले दुई देशबीच भूराजनीतिक वा कूटनीतिक कुनै मतभेद नभएको र आपसी सहयोग थप विस्तार गर्न सकिने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको