नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष एवम वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले आफ्नो कार्यकाल महासंघको तर्फबाट सरकारसँग लविङ गरेर उद्योगी व्यवसायीको हितमा थुप्रै काम गरेको र अबका दिनमा उद्योगी वयवसायीको समस्या समाधानका लागि आफु सधै व्यवसायीकै साथमा रहने बताए । राजधानीमा आयोजित प्रि बजेट छलफल कार्यक्रममा उनले सरकारले निजी क्षेत्रलाई अघि बढाउने हो भने करको दायर उच्च भन्दा पनि फराकिलो बनाएमा राहत मिल्ने बताए ।
'व्यवसायीलाई करको दायरमा मात्र राख्नु भन्दा पनि व्यवसायीक वातवरण बनाउनु आवश्यक छ । निजी क्षेत्रलाई साथमा लिई अघि बढ्नु गरी सरकारले बजेट तयार गर्नुपर्ने जरुरी छ,' उनले भने । यसअघि सरकारले निजी क्षेत्रमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्ने नियम ल्याउन लागेको थियो त्यसमा हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल र आफुहरु लागेको र त्यसलाई रोक्न सफल भएको भन्दै अहिलेको कार्यकालमा २० भन्दा बढी कानूनहरु परिमार्जन गरी व्यवसायीमैत्री बनाउन सफल भएका छौं । सोही अनूरुप अबका दिनमा पनि व्यवसायीक हकहितमा काम गर्न नरेशलाल समुहलाई नै जिताउनुको विकल्प छैन ।
उनले उद्योगी तथा व्यवसायीको हितको लागि काम गनुपर्ने दायित्व आफूमाथि रहेकोब बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस