बर्नमाउथले प्रिमियर लिगको उपाधि दौडमा रहेको आर्सनललाई अप्रत्याशित हार चखाएको छ । घरेलु मैदानमा इमिरेट्स स्टेडियममा शनिबार आर्सनलले बर्नमाउथसँग २–१ को हार बेहोरेको हो।
योसँगै लिगको शीर्ष स्थानमा रहेको आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग १२ अंकको अग्रता बनाउने मौका गुमाएको छ । यो हारसँगै उसलाई उपाधि यात्रामा समेत गम्भिर धक्का लागेको छ । मिकेल आर्टेटाको टोलीले सिटीभन्दा दुई खेल बढी खेलेको छ । आइतबार स्टामफोर्ड ब्रिजमा चेल्सीलाई हराए सिटीले अन्तर ६ अंकमा झार्न सक्छ । महत्त्वपूर्ण समयमा आर्सनलको प्रदर्शन खस्किँदै गएको देखिएको छ ।
इङ्लिस लिग कपको फाइनलमा सिटीसँग र एफए कपमा दोस्रो डिभिजनको साउथह्याम्पटनसँग पराजित भएपछि चार उपाधि जित्ने सम्भावना समाप्त भएको थियो। च्याम्पियन्स लिगमा मंगलबार स्पोर्टिङ लिस्बनलाई १–० ले हराए पनि पछिल्लो हारले उपाधि दौडमा थप तनाव सिर्जना गरेको छ । बर्नमाउथले खेलको १७ औं मिनेटमै जुनियर क्रुपीको नजिकैबाट गरिएको गोलमार्फत अग्रता लिएको थियो। ३५औं मिनेटमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत बराबरी गरे। तर, आर्सनलले स्पष्ट अवसर सिर्जना गर्न सकेन र अन्ततः स्कटले विजयी गोल गर्दै खेल जिताए ।
यससँगै बर्नमाउथले लगातार दोस्रो सिजन आर्सनललाई उसकै मैदानमा हराएको छ । प्रिमियर लिगमा लगातार १२ खेल अपराजित रहने नयाँ क्लब कीर्तिमान पनि बनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस