Like us!
Follow us!
Connect us!
Watch us!

चेन्नईको लगातार दोस्रो जित, कोलकत्ता पराजित

अर्थ संसार

बुधबार, ०२ बैशाख २०८३, ०७ : ४७ मा प्रकाशित

चेन्नईको लगातार दोस्रो जित, कोलकत्ता पराजित

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलवार कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । जितका लागि १९३ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १६० रन मात्रै बनाउन सक्यो । 

पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेटको नोक्सानीमा १९२ रन बनायो । जवाफमा कोलकाता ७ विकेट गुमाउँदै १ सय ६० रनमा सीमित भयो । चेन्नईको इनिङ्समा सुरुआतमै आक्रामकता देखियो । आयुष माथ्रेले १६ बलमा ६ चौका र २ छक्कासहित ३८ रनको विस्फोटक इनिङ्स खेलेर पावरप्लेको फाइदा उठाए ।

उनीसँगै ओपनर सञ्जु सामसनले ३२ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाएर इनिङ्स सम्हाले । दुबैले मिलेर पहिलो ६ ओभरमा नै ठूलो रन जोड्दै कोलकातामाथि दबाब सिर्जना गरे । पावरप्लेको ७२ रन बनाउँदै चेन्नईले बलियो सुरुआत गर्यो । जबकि कोलकाताले पहिलो ६ ओभरमा मात्र ३६ रन बनाउन सक्यो । मध्य ओभरमा कोलकाताका स्पिनरहरूले खेल केही नियन्त्रणमा ल्याए । विशेषगरी सुनील नरेन, वरुण चक्रवर्ती र अनुकरणीय लाइन लेंथले चेन्नईको रन गति केही सुस्त बनायो। तर त्यसअघि नै चेन्नईले बलियो आधार तयार गरिसकेको थियो ।कार्तिक त्यागीले सामसनलाई ४८ रनमा आउट गरेर कोलकातालाई आशा दिलाए। तर त्यसबेलासम्म चेन्नईले खेल आफ्नो पक्षमा लगभग पुर्‍याइसकेको थियो।

डिवाल्ड ब्रेविसले २९ बलमा ४ चौका २ छक्काका साथमा ४१ रन जोडे। सर्फराज खानले २३ र शिभम दुबेले नटआउट १० रन थपे। कोलकाताको लागि कार्तिक त्यागीले २ विकेट लिए। १९३ रनकोलक्ष्य पछ्याउने क्रममा कोलकाता सुरुदेखि नै दबाबमा देखियो। फिन एलेन (१) र सुनील नरेन (२४) पावरप्लेमै आउट भएपछि कोलकाताको इनिङ्स कमजोर भयो । चेन्नईका स्पिनर नोअर अहमदले ३ विकेट लिएर कोलकाताको मध्यक्रम ध्वस्त पारे। उनले अजिन्के रहाणे (२८), रिंकु सिंह (६) र क्यामरुन ग्रिन (०) को विकट लिएर कोलकातालाई दबाबमा राखे ।

रामदीप सिंहको ३५ रन र रोभम्यान पावेलले नटआउट ३१ रन बनाउँदै केही प्रतिरोध देखाए पनि पर्याप्त भएन।चेन्नईका अब्सुल कामबोजले २ विकेट लिए। पाचौं खेलमा दोस्रो जितपछि चेन्नई आठौं स्थानमा छ। समान खेलमा मात्र १ अंक जोडेको कोलकाता पुछारमा छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको