Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरमा युवा खेलाडीलाई लक्षित खुला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता–२०८३ आयोजना हुने

अर्थ संसार

शुक्रबार, ०४ बैशाख २०८३, १८ : २२ मा प्रकाशित

भक्तपुरमा युवा खेलाडीलाई लक्षित खुला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता–२०८३ आयोजना हुने

भक्तपुरमा वैशाख ११–१३ गतेसम्म खुला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता–२०८३ आयोजना हुँने भएकाे छ । देशभरका खेलाडीको सहभागिता अपेक्षा सहित भक्तपुरमा “खुला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता–२०८३” आयोजना हुने भएको हाे।

वैशाख ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता मिड भ्याली कलेजको फुटसल मैदानमा आयोजना गरिने आयोजकले जनाएको छ। भक्तपुर जिल्ला हक्की संघको आयोजनामा हुने यस प्रतियोगितामा विद्यालयस्तरका महिला तथा पुरुष खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिता द्रुत र रोमाञ्चक *Hockey 5s* ढाँचामा सञ्चालन हुनेछ। यस प्रतियोगितामा भक्तपुर जिल्ला मात्र नभई अन्य जिल्लाहरूबाट पनि खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। विशेषगरी गण्डकी प्रदेशका विभिन्न जिल्लाहरू तथा मधेस प्रदेशका जिल्लाहरूबाट समेत टोलीहरू सहभागी हुने सम्भावना रहेको आयोजकले जनाएको छ।

“यस प्रतियोगिताले युवाहरूलाई हक्की खेलतर्फ आकर्षित गर्नुका साथै अनुशासन, टिमवर्क र खेलभावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ,”  भक्तपुर जिल्ला हक्की संघका अध्यक्ष पुष्कर केसीले बताए । 

कार्यक्रमको उद्देश्य:

“हामीले प्रतियोगितामार्फत जिल्लाभित्र मात्र होइन, बाहिरका खेलाडीहरूलाई पनि एकै मंचमा ल्याउने लक्ष्य राखेका छौं। देशका विभिन्न प्रदेशबाट सहभागिता हुने अपेक्षा गरेका छौं, जसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र भव्य बनाउनेछ,” अध्यक्ष केसीले थपे । 

आयोजकले प्रतियोगितामा सहभागी हुन तथा अवलोकन गर्न सम्पूर्ण खेलप्रेमी, विद्यार्थी तथा हक्की खेलाडीहरूलाई हार्दिक निमन्त्रणा दिएको छ। यस प्रतियोगिताले हक्की खेलको प्रवर्द्धन र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको