Like us!
Follow us!
Connect us!
Watch us!

चेन्नई पराजित, हैदराबाद १० रनले विजयी

अर्थ संसार

आइतबार, ०६ बैशाख २०८३, ०५ : २१ मा प्रकाशित

चेन्नई पराजित, हैदराबाद १० रनले विजयी

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ । हैदराबादमा शनिबार राति भएको खेलमा हैदराबादले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो।

पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो। उसका लागि अभिषेक शर्मा र हेनरिक क्लासेन ले अर्धशतक बनाए । अभिषेकले १५ बलमा तीव्र अर्धशतक बनाउँदै ५९ रन जोडे । क्लासेनले ३३ बलमा ५९ रन बनाए । चेन्नईका लागि अंशुल कम्बोज र जेमी ओभरटनले समान ३ विकेट लिए ।

१ सय ९५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुआत राम्रो गरेको थियो। युवा खेलाडी आयुष म्हात्रे ले आक्रामक ब्याटिङ गर्दै ३४ रन बनाए। तर उनको चोटपछि चेन्नईको इनिङ्स कमजोर बन्दै गयो र टोली लक्ष्य नजिक पुगेर पनि सफल हुन सकेन । हैदराबादका लागि बलिङमा ईशान मलिंगा ले ३, नितिश कुमार रेड्डी ले २ तथा शिवाङ कुमार र साकिब हुसेनले समान १ विकेट लिए ।

एक समय चेन्नईलाई जितका लागि ६० बलमा ८४ रन आवश्यक थियो र ७ विकेट बाँकी थियो। तर हैदराबादका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारे। यो जितसँगै सनराइजर्स हैदराबाद अंक तालिकाको शीर्ष चारमा उक्लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको