Like us!
Follow us!
Connect us!
Watch us!

करिब साढे १९ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, इपीएस कति ?

अर्थ संसार

आइतबार, ०६ बैशाख २०८३, ०७ : २० मा प्रकाशित

करिब साढे १९ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, इपीएस कति ?

कामना सेवा विकास बैंक लिमिटेडको नाफामा करिब साढे १९ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १९.३७ प्रतिशतले नाफा बढेको हो । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत र सञ्चालन मुनाफा १८.३४ प्रतिशत बढेको छ । नाफा बढेपनि बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १६.४६ प्रतिशत घटेको छ। बैंकको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ४.२७ प्रतिशतबाट बढेर ४.४ प्रतिशतमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५९ पैसा बढेर २० रुपैयाँ ३२ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५६ पैसा घटेर १४ रुपैयाँ ४२ पैसामा झरेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.२ गुणा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा रहेको छ । ३५ करोड रुपैयाँको ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरसहित ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ४५ करोड४९५ लाख रुपैयाँ सञ्चित छ । बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको