पञ्जाब किंग्सले लखनऊ सुपर जायन्ट्सलाई ५४ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको छ। प्रियांश आर्या र कूपर कोनोलीको विस्फोटक १ सय ८२ रनको साझेदारीले पञ्जाबलाई विशाल स्कोरसम्म पुर्याएको हो।
मुल्लानपुरमा भएको खेलमा पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५४ रन बनायो। जवाफमा लखनऊले ५ विकेट गुमाएर २सय रन मात्र बनाउन सक्यो। पञ्जाबले प्रारम्भिक विकेट गुमाए पनि दोस्रो विकेटका लागि प्रियांश आर्या र कूपर कोनोलीले शानदार साझेदारी गरे। दुबैले १ सय ८२ रनको साझेदारी गर्दै खेलको दिशा पूर्ण रूपमा परिवर्तन गरे।
प्रियांश आर्याले मात्र ३७ बलमा ९३ रन बनाए, जसमा ९ छक्का र ४ चौका समावेश थिए। कूपर कोनोलीले ४६ बलमा ८७ रनको योगदान दिए। उनीहरूको आक्रमणले लखनऊका बलरहरूलाई दबाबमा पारेको थियो। लक्ष्य पछ्याउने क्रममा लखनऊका आयुष बदोनी (३५) , मिचेल मार्श (४०) , ऋषभ पन्त र एइडेन मार्कराम (४२) ले केही राम्रो योगदान दिए।
तर नियमित अन्तरालमा विकेट गुमाउँदा टोली ठूलो लक्ष्य नजिक पुग्न सकेन। कप्तान ऋषभ पन्तले २३ बलमा ४३ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन। पञ्जाबका बलरहरूले मध्यक्रममा महत्वपूर्ण विकेट लिएपछि लखनऊको रन गति सुस्त बन्यो। त्यसपछि पञ्जाबले खेलमा पकड कायम राख्दै सहज जित निकालेको हो। यो जितसँगै पञ्जाब किंग्सले अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस