Like us!
Follow us!
Connect us!
Watch us!

१० बैंकका १३८ शाखा हट्दै,कुन बैंक कहाँ गाभियो ?

अर्थ संसार

आइतबार, ०६ बैशाख २०८३, ११ : २१ मा प्रकाशित

१० बैंकका १३८ शाखा हट्दै,कुन बैंक कहाँ गाभियो ?

नेपालका वाणिज्य बैंकहरूले महानगरपालिका भित्रका आफ्ना शाखाहरू धमाधम कटौती र समायोजन गर्न थालेका छन्। नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणाली सुदृढ हुँदै गएको र एउटै क्षेत्रमा धेरै शाखाहरू हुँदा सञ्चालन खर्च बढेको निष्कर्ष निकाल्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो।

नयाँ व्यवस्था अनुसार, बैंकहरूले महानगरपालिका भित्रका शाखाहरू आपसमा गाभ्न वा बन्द गर्न राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु पर्दैन, बरु ६ वटा सर्तहरू पूरा गरी समायोजन गरेको तीन दिनभित्र जानकारी गराए पुग्ने प्रावधान छ। विगतमा बजार विस्तारका लागि अन्धाधुन्ध शाखा खोलेका बैंकहरूले अहिले प्रविधिको विकास र खर्च व्यवस्थापनलाई ध्यान दिँदै यो कदम चालेका हुन्।

 एनआईसी एशिया बैंक (कुल ४४ शाखा)

एनआईसी एशिया बैंक  शाखा विस्तारमा सबैभन्दा आक्रामक यो बैंकले अहिले सबैभन्दा धेरै ४४ वटा शाखा समायोजन गरेको  छ  ।  बैंकले सार्वजनिक गरेको तीनवटा फरक–फरक सूचना अनुसार २०८३ साल वैशाख ३ गते (२०८३/०१/०३) देखि देशभरका कुल ४४ वटा शाखा कार्यालयहरू अन्य नजिकका शाखाहरूमा समायोजन गरेको हो ।

विराटनगरको मेनरोड र हाटखोला शाखा विराटनगर शाखामा समायोजन गरेको  छ। रानी मिल्स एरिया शाखा रोडशेष चोक शाखामा समायोजन गरेको  छ। वीरगञ्जको लिङ्क रोड र पावरहाउस चोक शाखा वीरगञ्ज आदर्शनगर शाखामा समायोजन गरेको  छ । काठमाडौंको नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर र बागबजार शाखाहरू कमलादी शाखामा समायोजन गरेको  छ । काठमाडौंको बोहोराटार, माछापोखरी र ढुङ्गेधारा–नर्सरी चोक शाखाहरू बालाजु शाखामा समायोजन गरेको  छ। न्यूरोड खिचापोखरी, भोटाहिटी र किलागल शाखाहरू न्यूरोड विशालबजार शाखामा समायोजन गरेको  छ । काठमाडौंको तिन्चुली र चाबहिल शाखाहरू बौद्ध शाखामा समायोजन गरेको  छ । काठमाडौंको अनामनगर, शङ्खमूल र मध्य बानेश्वर शाखाहरू नयाँ बानेश्वर शाखामा समायोजन गरेको  छ।  काठमाडौंको सिनामङ्गल, मित्रपार्क र कालोपुल शाखाहरू बत्तिसपुतली शाखामा समायोजन गरेको  छ । काठमाडौंको नरेफाँट शाखा कोटेश्वर शाखामा समायोजन गरेको  छ । काठमाडौंको बालुवाटार शाखा लाजिम्पाट शाखामा समायोजन गरेको गरेको  छ ।

काठमाडौँको खसीबजार शाखा कलङ्की शाखामा समायोजन गरेको  छ। काठमाडौंको कपन शाखा सुकेधारा शाखामा समायोजन गरेको  छ ।काठमाडौंको गोंगबु शाखा सामाखुसी शाखामा समायोजन हुने ।काठमाडौंको सोह्रखुट्टे शाखा ठमेल शाखामा समायोजन हुने ।काठमाडौंको टेकु शाखा त्रिपुरेश्वर शाखामा समायोजन गरेको  छ । ललितपुरको ग्वार्को र खुमलटार शाखाहरू सातदोबाटो शाखामा समायोजन गरेको  छ । ललितपुरको लगनखेल र मङ्गलबजार शाखाहरू जावलाखेल शाखामा समायोजन गरेको  छ। ललितपुरको सानेपा शाखा पुलचोक शाखामा समायोजन हुने । ललितपुरको खोकना शाखा भैँसेपाटी शाखामा समायोजन गरेको छ । भरतपुरको बसेनी शाखा हाकिम चोक शाखामा समायोजन गरेको  छ ।

कुमारी बैंक (कुल २४ कार्यालय)

कुमारी बैंकले १६ वटा शाखा र ८ वटा विस्तारित काउन्टरहरू समायोजन गरिसकेको छ। बैंकले २०८२ चैत २ गतेदेखि ९ वटा शाखा र विस्तारित काउन्टरहरू समायोजन गरी एकीकृत कारोबार सुरु गरिसकेको छ । त्यस्तै चैत १५ गतेदेखि १५ वटा शाखा र विस्तारित काउन्टर समायोजन गरी एकीकृत कारोबार सुरु गरेको छ ।

ललितपुरको टङ्गाल शाखा मङ्गलबजार शाखामा समायोजन भएको । काठमाडौंको जनवहाल शाखा न्यूरोड शाखामा समायोजन भएको । काठमाडौंको बानेश्वर शाखा मैतीदेवी शाखामा समायोजन भएको । काठमाडौंको वसुन्धरा शाखा महाराजगञ्ज शाखामा समायोजन भएको । काठमाडौंको सिफल शाखा चाबहिल शाखामा समायोजन भएको । काठमाडौंको बल्खु विस्तारित काउन्टर कुलेश्वर शाखामा समायोजन भएको । काठमाडौंको जैसीदेवल विस्तारित काउन्टर न्यूरोड पाको शाखामा समायोजन भएको । काठमाडौंको बालाजु विस्तारित काउन्टर बालाजु शाखामा समायोजन भएको । काठमाडौंको छाउनी विस्तारित काउन्टर डल्लु शाखामा समायोजन भएको । काठमाडौंको महाराजगञ्ज विस्तारित काउन्टर महाराजगञ्ज शाखामा समायोजन भएको । काठमाडौंको सामाखुसी विस्तारित काउन्टर सामाखुसी शाखामा समायोजन भएको । काठमाडौंको कुलेश्वर विस्तारित काउन्टर कुलेश्वर शाखामा समायोजन भएको ।काठमाडौंको ताहाचल विस्तारित काउन्टर डल्लु शाखामा समायोजन भएको । पोखराको बाँझापाटन शाखा काहुँखोला शाखामा समायोजन भएको । पोखराको विरौटा शाखा लेकसाइड शाखामा समायोजन भएको । पोखराको अमरसिंहचोक शाखा चिप्लेढुङ्गा शाखामा समायोजन भएको ।

मोरङको पोखरा शाखा चिप्लेढुङ्गा शाखामा समायोजन भएको । विराटनगरको मेनरोड शाखा विराटनगर शाखामा समायोजन भएको । विराटनगरको वरगाछी शाखा विराटनगर शाखामा समायोजन भएको ।वीरगञ्जको ड्राइपोर्ट शाखा सिर्सिया शाखामा समायोजन भएको ।वीरगञ्जको प्रतिमाचोक शाखा वीरगञ्ज शाखामा समायोजन भएको ।भरतपुरको शहीदचोक शाखा नारायणगढ शाखामा समायोजन भएको । भरतपुरको भरतपुर शाखा हाकिमचोक शाखामा समायोजन भएको ।भरतपुरको पोखरा बसपार्क शाखा नारायणगढ शाखामा समायोजन भएको ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (कुल १८ शाखा)

मर्जरपछि दोहोरिएका १८ वटा शाखाहरूलाई यस बैंकले एकीकृत गरिरहेको छ। बैंकले  चैत ३ गतेदेखि ८ वटा शाखाहरू अन्य शाखामा समायोजन गरिसकेको छ । त्यस्तै यसै वैशाख ६ गतेदेखि थप १० वटा शाखा अन्य शाखामा समायोजन गर्न लागेको हो । चैत ३ गतेदेखि काठमाडौँ र ललितपुरका ८ वटा शाखाहरू समायोजन गरेको हो ।

लाजिम्पाट र नक्साल शाखा : ‘नक्साल’ शाखाबाट एकीकृत कारोबार भएको ।  खिचापोखरी र न्यूरोड शाखा : ‘न्युरोड’ शाखाबाट एकीकृत कारोबार भएको ।  कुमारीपाटी र लगनखेल शाखा : ‘लगनखेल’ शाखाबाट एकीकृत कारोबार भएको ।  जावलाखेलका २ वटा शाखा : ललितपुर महानगरपालिका ४ जावलाखेल शाखाबाट एकीकृत कारोबार भएको ।  नयाँ बानेश्वर (०९४) र नयाँ बानेश्वर (०२८) शाखा : नयाँ बानेश्वर (०२८) शाखाबाट एकीकृत कारोबार सुरु भएको ।
टेकु शाखा र त्रिपुरेश्वर शाखाः त्रिपुरेश्वर शाखाबाट एकीकृत कारोबार सुरु भएको । चाबहिल (१६५) शाखा र चाबहिल (०५६) शाखा : चाबहिल (०५६) शाखाबाट एकीकृत कारोबार सुरु भएको । कलंकी (१५२) शाखा र कलंकी (२५२) शाखा : कलंकी (२५२) शाखाबाट एकीकृत कारोबार सुरु भएको ।

वैशाख ६ गते (आज) देखि बैंकको १० शाखा गाभिँदै छन् ।

 बागबजार र पुतलीसडक शाखा : ‘पुतलीसडक’ शाखाबाट एकीकृत कारोबार हुने । गौशाला र बत्तिसपुतली शाखा : ‘बत्तिसपुतली’ शाखाबाट एकीकृत कारोबार हुने । ठमेल–२ र ठमेल शाखा : ‘ठमेल’ शाखाबाट एकीकृत कारोबार हुने ।
 कुलेश्वर शाखा र कालिमाटी शाखा : ‘कालिमाटी’ शाखाबाट एकीकृत कारोबार हुने । ललितपुरको पाटन शाखा लगनखेल शाखामा गाभिने नारायणगढ (२२०) शाखा नारायणगढ (०१३) शाखामा गाभिने,वीरगन्ज (०९८) शाखा वीरगन्ज (००३) शाखामा गाभिने, विराटनगर–२ शाखा विराटनगर (०९७) शाखामा गाभिने, पोखराको बझापाटन शाखा अमरसिंह शाखामा गाभिने, पोखराको लेखनाथ शाखा तालचोक शाखामा गाभिँदै छन् ।

 प्रभु बैंक (कुल १४ शाखा)

प्रभु बैंकले २०८३ वैशाख १३ गतेदेखि लागू हुने गरी १४ वटा शाखा गाभ्दैछ।

 विराटनगरको गोल्छाचोक शाखा तिनपैनी शाखामा समायोजन हुने । पोखराको अर्घौचोक शाखा तालचोक शाखामा समायोजन हुने । पोखराको हरिचोक शाखा बगर शाखामा समायोजन हुने । पोखराको नयाँगाउँ शाखा अमरसिंह चोक शाखामा समायोजन हुने । चितवनको बेलचोक शाखा लायन्स चोक शाखामा समायोजन हुने । ललितपुरको पाटन शाखा मङ्गलबजार शाखामा समायोजन हुने । ललितपुरको सातदोबाटो चोक शाखा सातदोबाटो शाखामा समायोजन हुने । काठमाडौंको बौद्ध शाखा बौद्ध १ शाखामा समायोजन हुने ।काठमाडौंको बागदरबार शाखा खिचापोखरी शाखामा समायोजन हुने । काठमाडौंको नरेफाँट शाखा कोटेश्वर शाखामा समायोजन हुने । काठमाडौंको सिनामंगल एयरपोर्ट शाखा सिनामंगल शाखामा समायोजन हुने । काठमाडौंको मित्रपार्क शाखा चाबहिल शाखामा समायोजन हुने ।काठमाडौंको टेकु शाखा कालिमाटी शाखामा समायोजन हुने । काठमाडौंको पुतलीसडक शाखा कमलादी शाखामा गाभिनेछ  ।

ग्लोबल आइएमई बैंक (कुल ८ शाखा)

यो बैंकले २०८३ वैशाख २८ गतेदेखि उपत्यकाका ८ शाखा समायोजन गर्दैछ। काठमाडौंको ज्ञानेश्वर शाखा सानो गौचरन शाखासँग समायोजन गरिनेछ। काठमाडौंको नयाँ बानेश्वर शाखा शंखमुल शाखामा गाभिनेछ। काठमाडौंको इन्द्रचोक शाखा असन शाखामा समायोजन गरिनेछ। काठमाडौंको बाफल–कलंकी शाखा कलंकी शाखामा गाभिनेछ।

त्यस्तै ललितपुरको खुमलटार शाखा सातदोबाटो शाखामा समायोजन गरिनेछ। ललितपुरको धोबीघाट शाखा एकान्तकुना शाखामा गाभिनेछ। ललितपुरको सुन्धारा शाखा ग्वार्को शाखामा समायोजन गरिनेछ। ललितपुरको कुमारीपाटी शाखा लगनखेल शाखामा गाभिनेछ।

माछापुच्छ्रे बैंक (कुल ८ शाखा)

आगामी २०८३ साउन १८ गतेदेखि ८ वटा शाखाहरू एकीकृत हुँदैछन्।

चितवनको हाकिम चोक शाखा नारायणगढ शाखामा समायोजन हुने । काठमाडौंको बालाजु शाखा गोंगबु शाखामा समायोजन हुने । काठमाडौंको खुसीबु शाखा डल्लु शाखामा समायोजन हुने । काठमाडौंको कलङ्की शाखा स्वयम्भू शाखामा समायोजन हुने ।काठमाडौंको कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा समायोजन हुने । काठमाडौंको ठमेल शाखा दरबारमार्ग शाखामा समायोजन हुने । पोखराको लामाचौर शाखा बगर शाखामा समायोजन हुने ।
वीरगञ्जको लिङ्करोड शाखा आदर्शनगर शाखामा समायोजन हुने ।

सिद्धार्थ बैंक (कुल ८ शाखा)

सिद्धार्थ बैंकले २०८३ साउन १ गतेदेखि ८ वटा शाखा गाभ्ने निर्णय गरेको छ।

काठमाडौंको कालोपुल शाखा चाबहिल शाखामा समायोजन हुने । काठमाडौंको कुलेश्वर शाखा कालिमाटी शाखामा समायोजन हुने । काठमाडौंको न्यूरोड गेट शाखा न्यूरोड शाखामा समायोजन हुने । काठमाडौंको नरदेवी शाखा पुतलीसडक शाखामा समायोजन हुने । काठमाडौंको जावलाखेल शाखा बी एण्ड बी शाखामा समायोजन हुने । पोखराको चिप्लेढुङ्गा शाखा पोखरा सभागृह शाखामा समायोजन हुने । पोखराको बगर शाखा अब प्रस्याङ शाखामा समायोजन हुने । पोखराको बुद्धचोक शाखा अब पोखरा सभागृह शाखामा समायोजन हुने ।

प्राइम कमर्सियल बैंक (कुल ७ शाखा)

यो बैंकले २०८३ जेठ १९ गतेदेखि ७ वटा शाखा समायोजन गर्दैछ।

बैंकको भरतपुरको हाकिमचोक शाखा भरतपुर शाखामा समायोजन हुनेछ । काठमाडौंको सुन्धारा शाखा न्यूरोड शाखामा समायोजन हुने ।  काठमाडौंको बाङ्गेमुढा शाखा असन शाखामा समायोजन हुने ।  काठमाडौंको गौशाला शाखा पुरानो बानेश्वर शाखामा समायोजन हुने । पोखराको बि.पी. चोक र बगर शाखा दुवै न्यूरोड पोखरा शाखामा समायोजन हुने । पोखराको बुढीबजार शाखा तालचोक शाखामा समायोजन हुनेछ ।

 नबिल बैंक (कुल ७ शाखा)

नबिल बैंकले कार्यसञ्चालन सहज बनाउन ७ वटा शाखा गाभ्ने प्रक्रिया अघि बढाएको छ। बैंकले एक सूचना जारी गर्दै कार्यसञ्चालनमा सहजता ल्याउन नजिकका शाखाहरूलाई गाभ्न लागेको जनाएको छ ।

काठमाडौंको मालिगाउँ र भाटभटेनी शाखा विशालनगर शाखामा समायोजन हुने । काठमाडौंको मित्रपार्क शाखा चाबहिल शाखामा समायोजन हुने । काठमाडौंको घण्टाघर शाखा तीनधारा शाखामा समायोजन हुने । काठमाडौंको नयाँ बानेश्वर र सिनामङ्गल शाखा बिजुलीबजार शाखामा समायोजन हुने ।

एनएमबि बैंक (कुल ४ शाखा)

एनएमबि बैंकले २०८२ चैत २५ गते नै ४ वटा शाखाको समायोजन कार्य सम्पन्न गरिसकेको छ।

विराटनगर महानगरपालिकामा रहेको विराटनगर शाखा महेन्द्रचोक शाखामा समायोजन भएको । भरतपुरको नारायणगढ मेनरोड शाखा लायन्स चोक शाखामा समायोजन भएको । पोखरा महानगरपालिकाको पोखरा शाखा चिप्लेढुङ्गा शाखामा समायोजन भएको छ। पोखराको रामबजार शाखा अमरसिंह शाखामा समायोजन भएको ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको