Like us!
Follow us!
Connect us!
Watch us!

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

अर्थ संसार

आइतबार, ०६ बैशाख २०८३, ०७ : २७ मा प्रकाशित

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको हो ।

कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।

स्थानीय बासिन्दाका लागि मिति २०८२ फागुन २७ गतेदेखि चैत ११ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन २७ गतेदेखि चैत १ गतेसम्म आवेदन खुला गरिएको थियो। सो अवधिमा स्थानीयतर्फ १ लाख २० हजार र वैदेशिक रोजगारीतर्फ ३० हजार ३०६ जनाले आवेदन दिएका थिए । 

कम्पनीका अनुसार दुवै समूहको शेयर बाँडफाँड वैशाख ४ गते शुक्रबार नै सम्पन्न भइसकेको छ। स्थानीय बासिन्दाले १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ३ लाख ३ हजार ६७ कित्ता सेयर प्राप्त गरेका छन् । बाँडफाँडमा परेका आवेदकहरूले आफ्नो नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइटमार्फत हेर्न सक्नेछन् । बाँडफाँडमा नपरेका आवेदकहरूको रकम भने भोलि वैशाख ७ गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता गरिने कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको