Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सको नाफा करिब २८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

अर्थ संसार

बुधबार, ०९ बैशाख २०८३, ०७ : ४५ मा प्रकाशित

मञ्जुश्री फाइनान्सको नाफा करिब २८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार २७.८९ प्रतिशतले नाफा बढेको हो । 

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा फाइनान्सले २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण फाइनान्सको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १०.२४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २.९५ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा फाइनान्सको कुल सञ्चालन आम्दानी १०.१५ प्रतिशत र सञ्चालन मुनाफा १०.२९ प्रतिशत बढेको छ। फाइनान्सको इम्पेरमेन्ट चार्ज भने समीक्षा अवधिमा १४ करोड ५४ लाख रुपैयाँबाट घटेर ११ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।

चैत मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ३० करोड ५४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३० रुपैयाँ १३ पैसा रहेको छ । नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर २१ रुपैयाँ ६० पैसा पुगेको छ । सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३८.८४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा रहेको छ ।

१ अर्ब ३५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा फाइनान्सले २२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको