Like us!
Follow us!
Connect us!
Watch us!

आइपिएल क्रिकेट : हैदराबादको शानदार जित, अभिषेकको शतक

अर्थ संसार

बुधबार, ०९ बैशाख २०८३, ०७ : ५४ मा प्रकाशित

आइपिएल क्रिकेट : हैदराबादको शानदार जित, अभिषेकको शतक

ओपनर अभिषेक शर्माले शतक बनाएको इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गरेको छ । हैदराबादमा मंगलबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाउँदै २४२ रनको विशाल योगफल बनाएको थियो । 

हैदराबादका अभिषेकले शानदार अविजित १३५ रन बनाए । उनले ६८ बलमा समान १० छक्का र चौका छक्का प्रहार गर्दै टोलीलाई विशाल स्कोरतर्फ डो¥याए । टि ट्वान्टी क्रिकेटमा उनको यो नवौँ शतक हो ।

उनलाई हेनरिख क्लासेनले अविजित ३७ रन र ट्राभिस हेड ले ३७ रन बनाएर राम्रो साथ दिए । दिल्लीका लागि अक्षर पटेल ले १ विकेट लिए । २४३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९५ रन मात्र बनाउन सक्यो । दिल्लीका नितिश राणाले ५७ रन बनाए भने समीर रिज्वी ले ४१ रन जोडे । हैदराबादका बलरमध्ये इशान मालिंगाले ४ विकेट लिए भने हर्ष दुबेले ३ विकेट लिए । दिल्लीलाई हराएसँगै हैदाराबाद अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको