Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको ६९ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १० बैशाख २०८३, ०९ : ०८ मा प्रकाशित

एनएमबि बैंकको ६९ हजार कित्ता सेयर बिक्रीमा

एनएमबि बैंक लिमिटेडले संस्थापक सेयरधनी तिला देवी पाण्डेयको नाममा रहेको ६९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाकै अन्य विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकोले हाल उक्त सेयरमा एनएमबि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

सेयर किन्न इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ । साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट कुनै निवेदन प्राप्त नभएमा प्रचलित नियमानुसार सर्वसाधारणलाई शेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको