Like us!
Follow us!
Connect us!
Watch us!

लगातार चौथो दिन पनि नेप्सेमा गिरावट, १७ अंकले घट्दा ५ अर्बको कारोबार

अर्थ संसार

विहीबार, १० बैशाख २०८३, १५ : १० मा प्रकाशित

लगातार चौथो दिन पनि नेप्सेमा गिरावट, १७ अंकले घट्दा ५ अर्बको कारोबार

बिहीबार पनि सेयर बजार घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज पनि घटेर कारोबार भएको हो । 

आज सेयर बजार परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा पुगेको छ । यो साताको यो चौथो कारोबार दिन हो र सबै दिन सेयर बजार घटेर कारोबार भएको छ । आज सेयर बजारमा २१६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.९४ अंकले घटेर ४६८.२७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ३ वटाको सेयर मूल्य बढेको छ भने १० वटाको बढेको छ । परिसूचक घटेको दिन बजारमा ५ अर्ब भन्दा केही बढेको कारोबार भएको छ । 

आज ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर ९३ हजार ९०७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७६७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको