Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको नाफामा उल्लेख्य सुधार, इपीएस कति ?

अर्थ संसार

शुक्रबार, ११ बैशाख २०८३, ०८ : १५ मा प्रकाशित

सानिमा बैंकको नाफामा उल्लेख्य सुधार, इपीएस कति ?

सानिमा बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा उल्लेख्य बढेको हो । 

बैंकको नाफा गत आवको तेस्रो त्रैमासिकको तुलनामा चालू आवको तेस्रो त्रैमासिकसम्ममा ४२.२२ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आवको चैत मसान्तसम्म १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको चैत मसान्तसम्म २ अर्ब ३५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । चालू आवमा कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएको कारण नाफा बढेको हो ।

गत आवको चैत मसान्तसम्म ४ अर्ब २८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले त्यसको तुलनामा चालू आवको चैत मसान्तसम्म २०.४८ प्रतिशतको वृद्धि गरेर ५ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । आम्दानीमा वृद्धि भएसँगै बैंकको सञ्चालन नाफा पनि समीक्षा अवधिमा २ अर्ब २५ करोड १३ लाख रुपैयाँबाट ४७.५० प्रतिशतले वृद्धि भई ३ अर्ब ३२ करोड ६ लाख रुपैयाँ नाघेको छ । 

बैंकको कुल सञ्चालन आम्दानी पनि ६ अर्ब ४ करोड ५७ लाख रुपैयाँबाट बढेर ७ अर्ब २७ करोड ९६ लाख रुपैयाँ पुगेको छ । चुक्ता पूँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ सञ्चिति रहेको छ । गत आवको चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ रहेकोमा चालू आवको चैत मसान्तसम्म वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड १५ लाख रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६.३३ रुपैयाँबाट बढेर २२.९२ रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.४२ प्रतिशतबाट बढेर ३.९९ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७९.५५ रुपैयाँ रहेको छ । बैंकले १ खर्ब ९० अर्ब ७७ करोड ६६ लाख रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरी २ खर्ब ३३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको